‘आन्दोलनबाट संविधान फेर्न खोजे देश सङ्कटमा फस्छ’

gjlgo'Qm pkk|wfg Pjd k//fi6«dGqL sdn yfkf kbef/u|x0f kl5 sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M gf/fo0fk|;fb Gof}kfg], /f;; .

पोखरा, उपप्रधानमन्त्री कमल थापाले सडकबाट आन्दोलन गरेर संविधान पविर्तन गर्न खोजिए राजनीतिक अराजकता उत्पन्न हुने र देश सङ्कटमा फस्ने बताए ।

जिविस कास्की र पोखरा उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताकै माझमा’ भन्ने प्रचार अभियान कार्यक्रममा उहाँले संविधान निर्माणसँगै मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्न सरकार र राजनीतिक दल तयार भएकाले आन्दोलन तन्काएर जनतालाई दुःख नदिन आग्रह गरे ।

उनले संविधान सवै राजनीतिक दलको साझा दस्तावेज भएकाले समयसापेक्ष परिवर्तन गर्दै जान सकिने बताउँदै आन्दोलनरत पक्षलाई संवैधानिक र प्रजातान्त्रिक बाटाबाटै आफ्ना माग पूरा गर्न आग्रह गरे ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले देशलाई विखण्डन र कमजोर बनाउने खेलबाट टाढा रहन सबै राजनीतिक दलसँग आग्रह गरे ।

सांसद शारदा पौडेलले दशगजामा आन्दोलन गरेर जनतालाई दुख नदिन मधेसवादी दललाई आग्रह गरे भने सांसद सीता गिरीले शत्रुतापूर्ण स्थितिको अन्त्य गरी देशमा मित्रतापूर्ण व्यवहारका साथ सबै अघि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र संविधानकोृ कार्यान्वयनमा कांग्रेसले सबै दलसँग सहकार्य गरी अघि बढ्ने धारणा राखे । राप्रपा नेपालका महामन्त्री धवलशम्भ्शेर जबराले नयाँ संविधान समावेशिता, समानुपातिकता लगायत दृष्टिबाट उत्कृष्ट भएको बताए।

सम्बन्धित शिर्षकहरु