नेपालको पूर्वी क्षेत्रका बिहानै भूकम्पको झड्का

02012016024511earthquake-1000x0पुस २०। काठमाडौं,  नेपालको पूर्वी क्षेत्रमा सोमबार बिहानै भूकम्पको कडा झड्का महशुस गरिएको छ ।

पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, झापा, धनकुटा, भोजपुरसहित काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको हो।

पूर्वी नेपालमा ठूलो झड्का दिनेगरी आएको भूकम्पको केन्द्र भने भारतको मनिपुर रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

६.८ रेक्टर स्केलको भूकम्प मनिपुरको राजधानी इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो । उक्त स्थान नेपालको सीमाक्षेत्रबाट करिब नौ हजार किलोमिटरको दूरीमा रहेको छ ।

सम्बन्धित शिर्षकहरु