मधेस मुद्दाबारे नारायणकाजीको यस्तो भनाई

Narayan-kaji-Shresthaविराटनगर, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या छिटोभन्दा छिटो समाधानका लागि पार्टी गहन रुपमा लागेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच आपसी सहमति आवश्यक रहेको धारणा प्रकट गर्नुभयो । उनले थारु र मधेसी मोर्चाको आन्दोलन राजनीतिक आन्दोलन रहेको र यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्दछ भने ।

नेता श्रेष्ठले मोर्चाको ११ बुँदे मागअन्तर्गत मुख्यतयाः तीन वटा विषयमा मौलिक हकअन्तर्गत समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनरवलोकनको मागलाई संविधान संशोधनको विधेयकको भाषा परिमार्जन गरी पूरा गरिने र सीमाङ्कनका सम्बन्धमा राजनीतिक समिति बनाएर समाधान गर्न सकिने बताए।

उनले नाकाबन्दीका कारण उत्पन्न सङ्कटलाई अन्त्य गर्न पहल गर्नुपर्ने र भूकम्पपछि नवनिर्माण कार्य र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तीव्रता दिनुपर्नेमा जोड दिए । मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने विषयमा पार्टीको असहमति रहेको उनले बताए ।

सम्बन्धित शिर्षकहरु