काठमाडौं, पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार पनि जारी छ । दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवाद माथि छलफल हुने बताइएको छ ।
बुधबारदेखि पार्टीको जारी बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि भएको छलफलमा सदस्यता वितरण पारदर्शी नभएको नेताले धारणा राखेका छन् ।
अधिकांश केन्द्रीय सदस्यले उक्त प्रतिवेदनअनुरुप क्रियाशील सदस्यता वितरण मापदण्डाविपरीत रहेको भन्दै पुनरावलोकन गर्न माग गरेका छन् भने केही सदस्यले प्रतिवेदनलाई जस्ताको जस्तै पारित गरिनुपर्नेमा जोड दिएका छन् ।
आजको बैठकमा प्रतिवेदनलाई समर्थन गर्नेमा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, मनमोहन भट्टराई, मीन विश्वकर्मा, डिना उपाध्याय, महेन्द्र यादव, रमेश रिजाल रहेका छन्, भने दिलेन्द्रप्रसाद बडू, गुरुराज घिमिरे, प्रदीप पौडेल, कमला पन्त, अफ्ताव आलम, फरमूल्लाह मंसुर, र रत्ना शेरचनलगायतले प्रतिवेदनलाई पुनरावलोकन गरिनुपर्ने माग गरेका छन् ।
पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण सम्बन्धमा गाउँ र नगरले प्रस्ताव गरी क्षेत्रमा पठाउने र क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गर्ने र जिल्लाले अनुमोदन गरी केन्द्रमा पठाउने प्रावधान छ ।
तर केही नेताहरुले आफू अनुकूल पार्टीको विधान संरचनाभन्दा बाहिर गएर सदस्यता बढाएको आरोप लागेको छ ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको विधान र प्रक्रिया विपरित जिल्लागत रुपमा सदस्यता वितरणमा पारदर्शी नदेखिएकाले उक्त विषयमा अध्ययन र पुनरावलोकन गर्न नेताले माग गरेको बताए ।
प्रतिवेदनअनुसार पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् । जम्मा चार लाख ७० हजार पुगेका छन् ।
पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा बुधबारदेखि जारी बैठकमा बिहीबार गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा रामशरण महत, बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मन्सुर, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय डिना, मो आफ्ताव आलम, कमला पन्त, अजयकुमार चौरसिया, महेन्द्र यादव, रत्न शेरचन, शङ्कर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेलले आआफ्नो धारणा व्यक्त गरेका छन् ।


![sfFu|]; s]Gb|Lo ;ldlt a}7s k|d'v k|ltkIfL bn g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldlt a}7s kf6L{sf] cf;Gg !#cf}F dxflwj]zgsf] tof/L ;DaGwdf 5nkmn ug{ a'waf/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/12/1450253590549_RoS-Ktm-NC-2-300x188.jpg)






