ढुंगामुडाकाबीच राष्ट्रपति पुगिन् जानकी मन्दिर

जनकपुर, रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका छन् । जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार भएको बताइएको छ ।

जानकी मन्दिरमा पूजाआजा गरेर फर्किँदै गर्दा ढुंगामुढा भएको हो । तर, राष्ट्रपतिको कारकेडमा कुनै क्षति भएको छैन । सेनाले सुरक्षित रुपमा मन्दिर परिसरबाट राष्ट्रपतिलाई गन्तव्यतर्फ पठाएको छ ।

राष्ट्रपतिको भ्रमणबाट जनकपुर क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो भने ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको प्रशासनले जानकारी दिएको छ । पूजा अर्चना सकेर राष्ट्रपति काठमाडौं फर्किसकेकी छिन ।

सम्बन्धित शिर्षकहरु