सिड्नी, एनआरएनए अष्ट्रेलियाको निर्वाचन पाँचवटा स्टेटमा सम्पन्न भएको छ । तर ग्रानभिलमा भने अझै मतदान जारी रहेको हाम्रा सम्वाददाताले जानकारी दिएका छन् । निर्धारित समय भन्दा एक घण्टा ढिला सुरू भएको ग्राण्डभिल मतदान केन्द्रको मुख्द्वारा बन्द भइसकेको भएपनि ६ बजे नै लाइनमा बसेकाहरूले मत हालिसकेका छैनन् । लाइनमा बसेकाहरूले मत नहालेका कारण ग्रानभिलको चुनाव लम्विएको हो । स्थानीय समय अनुसार वेलुकाको आठ बज्न लागेको भएपनि त्यहाँ निर्वाचन सम्पन्न हुन अझै आधा घण्टा लाग्ने देखिएको छ ।
कुल ३३ सय मतदाता रहेको ग्रानभिलमा करिव २२ सय मत खस्ने अनुमान गरिएको छ । एउटै व्यक्तिलाई भोट हाल्न आधा घण्टा सम्म लागेकाले मतदान प्रक्रिया लम्विएको जनाइएको छ । ग्रानभिलमा मतदान सम्पन्न भइसकेपछि मतदान प्रक्रिया सुरू हुने जानकारी निर्वाचन अधिकारीहरूले दिएका छन् ।







