काठमाडौं । नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दोब्बर बढी ३९६ जना निको भएका छन् ।
देशभर गरिएको ६४३ पिसिआर परिक्षणका क्रममा ६५ जना र २ हजार १९६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन् । हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।








