एजेन्सी, बलिउड अभिनेत्री विद्या बालन पढन्ते अभिनेत्रीका रूपमा चिनिन्छिन् । उनले समय–समयमा ‘फिक्सन’ तथा ‘ननफिक्सन’ पुस्तक पढेको पनि बताउँछिन् । तर, मुम्बईमा निर्देशक पियूष झाको किताब ‘राक्षसस् द इन्डियाज नम्बर वान सिरियल किलर’को विमोचन कार्यक्रममा विद्याले आफूले पढेको एउटै किताबको नाम लिन सकिनन् ।
किताब विमोचनमा सोधिएको प्रश्नमा विद्याले जवाफ दिइन्, ‘मैले आफ्नो फिल्म परिणीताका लागि स्क्रिप्ट पढेकी थिएँ, पछि त्यो उपन्यासमा आधारित किताब पनि पढेँ । त्यो उपन्यास थियो ।’ तर, विद्याले त्यही उपन्यासको नाम पनि लिन सकिनन् । त्यसपछि विद्याले आफूले पढेका अन्य पुस्तकको नाम लिन खोजिन् । तर, लामो समयसम्म पनि सकिनन् । जति प्रयास गर्दा पनि । नयाँ पत्रिका।








