एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चोपडा काममा लगाबका कारण चिनिन्छिन् । उनको अभिनय क्षमताका कारण होला, अहिले उनी भारतमा मात्र व्यस्त छैनन्, अमेरिकामा टेलिभिजन सो ‘क्वांटिको’मा पनि त्यति नै रुचाइएकी छिन् ।
प्रियंकाले केही महिना यता दैनिक १६ घन्टा काम गर्न थालेको भारतीय मिडियाहरूले बारम्बार समाचार बनाइरहेका छन् । तर, यी सबै हुँदा पनि प्रियंका आफूलाई सफल मान्दिनन् । उनी भन्छिन्, ‘सफलता लक्ष्य होइन । एउटा यात्रा मात्र हो । कोही मान्छे लगातार सफल भयो भने मात्र ऊ सफल हुन्छ ।’ प्रियंकाले आफूले अत्यन्त मिहिनेत गरेर पैसा कमाएको पनि बताएकी छिन् । उनले भनिन्, ‘म कडा मिहिनेत गरेर पैसा कमाउँछु । कतिसम्म भने मलाई जन्मदिन मनाउने पनि फुर्सद हुँदैन ।’ नयाँ पत्रिका ।








