,चर्चित गायक तथा नायक यस कुमारको चलचित्र बाटोमुनिको फूल पहिलो को भब्य सफलता सँगै।दोस्रो बाटोमुनिको फूल २ अष्ट्रेलियाको मेलवर्नमा आईसकेको छ। गायक तथा नायक यस कुमार सँग लिएको संक्षित कुराकानी।
१.बाटो मुनिको फूल पहिलोको सफलता संगै बाटो मुनिको फूल २ लिएर अष्ट्रेलिया आउनुभएको छ सर्वप्रथम तँपाईँलाई हार्दिक स्वागत तथा चलचित्रको सफलताको शुभकामना।
धेरै धेरै धन्यबाद तँपाईहरु जस्तै शुभचिन्तकको माया र सद्भभाबले अष्ट्रेलियासम्म चलचित्र लिएर आउन सफल भएको छु। अष्ट्रेलियामा रहनुभएका सम्पूण नेपालीहरुलाई हृदय देखिनै धन्यबाद दिन चाहन्छु।
२.बाटो मुनिको फूल २ को बारेमा केहि वताई दिनुस न?
यो हाम्रै समाजमा रहेको परि घटना ,कथा र प्रेमा आधारित चलचित्र हो। मैले सोँचेको थिईन बाटोमुनिको फूल २ बनाउने अवसर पाउँछु भनेर।चलचित्र बनाउनु मात्रै ठूलो कुरो होईन चलचित्रबाट कसरी समाजको रूढिबादलाई एउटा सब्य समाजको रुपमा रुपान्त्रण गर्न सकिन्छ भन्ने मूलकुरा हो। र एउटै धारको चलचित्र भन्दा अलि पृथक गरुँ भन्ने मेरो धारणा ।
३. तँपाई एउटा चर्चित गाएक बाट चलचित्रकर्मि नायक कलाकारको रुपमा आउनु भएको छ l चलचित्रमा आउन खोज्ने नयाँ कलाकारलाई तँपाई केभन्न चाहनुहुन्छ?
चलचित्रमा अभिनय गर्ने मात्रै ठूलो कुरो होईन चलचित्रबाट र हामीबाट समाजले के पायो भन्ने कुरो ठूलोहो।र अभिनय गर्न धेरै सजिलो छैन यसमा धेरै मेहनत र त्यगको आवश्यक पर्छ। हामीले गरेको कामबाट समाज र मानिसले सधैब सम्झिरहोस भन्नेकिसामबाट हामीले काम गर्नु पर्छ भन्न चाहन्छु। चलचित्र बाटो मुनिको फूल २ आजै अष्ट्रेलियाको मेलवर्नबाट प्रदॄशनमा आएको छ। र छिटै अन्य शहरहरुमा प्रदॄशन हुने चर्चित गायक तथा नायक यस कुमारले असनेपाल न्यूजलाई जानकारी दिनुभयो।
-असनेपाल न्युजका लागि महेश्वर शर्मा








