२० मंसिर । अमेरिका, भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को सहरमा अमेरिकामा रहेका नेपालीहरुबाट शुक्रबार प्रदर्शन भएको छ ।
सयौँको सङ्ख्यामा उपस्थित प्रवासी नेपालीहरूको ¥याली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार परिक्रमा गरेर पुनः सोही स्थानमा आएर विसर्जन भएको थियो ।
भारतीय बाणिज्य दूतावासमा बुझाउने ज्ञापनपत्र मणि पनेरुले पढेर सुनाएका थिए । समयाभावका कारण सोमबारमात्र भारतीय बाणिज्य दूतावास कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संयोजक तथा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले जानकारी गराए।
क्यालिफोर्नियामा क्रियाशील नेपाली सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो ।


![ef/tLo c3f]lift gfsfaGbL] lj?4 cd]l/sfsf] ;fgk|mflG;:sf] ;x/df cfof]lht lj/f]w ¥ofnLdf g]kfnsf] /fli6«o em08f ;lxt ;of}Fsf] ;ªVofdf ;xefuL k|jf;L g]kfnLx? . Soflnkmf]lg{ofdf lqmofzLn g]kfnL ;+3;+:yfn] ;+o'Qm ?kdf u/]sf] sfo{qmddf 6f9f 6f9f a;f]af; ug]{ g]kfnLx¿sf] pkl:ylt /x]sf] lyof] . tl:a/ M clUg rf}nfufO{, o'P;P, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/12/1449331900543_AC-USA-Rally-2-300x200.jpg)






