मेस्सी, रोनाल्डो र नेइमारमा को बन्ला उत्कृष्ट खेलाडी ?

एजेन्सी । विश्व फूटबलको सबै भन्दा ठूलो पुरस्कार मानिने फिफा बालोन डी’ओर २०१५ का लागि लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेइमारबीच प्रतिस्पर्धा हुने भएको छ ।

फिफाले बालोन डी’ओर २०१५ का लागि मनोनयनमा परेका खेलाडीबाट तीन खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ ।

सूचीमा चार पटकका विजेता मेस्सी, गत वर्षका विजेता रियल मड्रिडका रोनाल्डो, बार्सिलोना कै नेइमार परेका छन् । ब्राजिलका नेइमारले तीन खेलाडीको मनोनयनमा पहिलपल्ट स्थान पाएका हुन् ।

गएको सिजन बार्सिलोनाले तीन उपाधि जित्दा मेस्सी टिमका मुख्य खेलाडी थिए र उनी रोनाल्डोका अगाडि अवार्डका मुख्य दावेदार हुन् । विजेताको घोषणा सन् आउँदो जनवरी ११ मा स्वीजरल्याण्डको ज्युरिचमा हुने विश्व वर्ष खेलाडीलाई फिफाले हरेक वर्ष बालोन डी’ओर प्रदान गर्ने गरेको छ ।

रोनाल्डो तीन तथा मेस्सी चार पटक वर्ष खेलाडी घोषित भइसकेका छन् । यो वर्ष नेइमारले बालोन डी’ओर जितेमा गएको सात वर्षदेखि रहँदै आएको रोनाल्डो–मेस्सीको क्रम भंग हुनेछ ।

बालोन डी’ओरको विजेता मनोनयनमा परेका खेलाडीका टिमका कप्तान तथा मुख्य प्रशिक्षकको मत तथा फ्रेन्च प्रकाशक फ्रान्स फुटबलले छनौट गरेका अन्तर्राष्ट्रिय खेल पत्रकारको मतबाट छनौट गरिने छ ।

सम्बन्धित शिर्षकहरु