स्कलमा पेट्रोल बम प्रहार

hqdefaultमङ्सिर  १२। गौशाला, महोत्तरी जिल्लाको सोनामाई गाविसमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए।

गाउँभन्दा बाहिर जलेश्वर–बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले केही पनि थाहा पाउन सकेनन् ।

आगजनीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु