अस्ट्रियालीले बनाए विद्यालय

काठमाडौँ, हिमालय पिस एजुकेसन फाउन्डेसनले पर्वतारोही स्टेफन केक, जोसेफ इनवालर तथा क्रिस्टिना हिरवरसहितको अस्ट्रियाली समूहको सहयोगमा नुवाकोटको ककनी गाविसमा भूकम्पले भत्काएका दुईवटा विद्यालयको अस्थायी भवन निर्माण गरिएका छन् ।

ककनीको निगाले गाउँमा ब्रह्मेश्वरी निम्न माध्यमिक विद्यालयको पाँचकोठे टिनको भवन करिब रु छ लाखमा निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले राससलाई बताए ।

nuwakotककनीकै दोभान गाउँमा रु दुई लाख खर्चमा सुनकन्या प्राथमिक विद्यालयको पाँचकोठे बाँसको अस्थायी टहरा बनाइएको छ । सो अस्ट्रियाली दाताको समूहले दोभान गाउँमा बच्चाका लागि निकट भविष्यमा किन्डरगार्टेन विद्यालय भवन बनाउने भएको छ ।

स्टेफन केक, जोसेफ इनवालर र क्रिस्टिना हिरवरसहितको अस्ट्रियन समूहले भूकम्पपीडित क्षेत्रका जनताका लागि खाद्यान्न, कपडा, विद्यालय, स्वास्थ्य, सामुदायिक भवन, बाटो निर्माण र उद्धार कार्यमा सहयोग पु¥याउँदै आएको फाउन्डेसनका अध्यक्ष लामाले बताए ।

सम्बन्धित शिर्षकहरु