एजेन्सी, शुक्रबार रिलिज भएको तमाशाको प्रचारका लागि पूर्वअनुमान अनुसार फिल्मका अभिनेता सलमान खानले संचालन गरिरहेको बिग बोस कार्यक्रममा सहभागी भएनन्। उनले केहि व्यक्तिगत कारण शोमा नगएको स्पष्टिकरण दिएका छन्।
३३ वर्षिया अभिनेताले सलमानकी पूर्व प्रेमिका क्याटरिना कैफसँग डेट गरिरहेकाले नै कार्यक्रममा नगएको बताइन्छ। ब्रेकअप भएतापनि सलमानको क्याटरिनासँग राम्रो सम्बन्ध छ तर रणविरसँगको सम्बन्ध भने विपरित रहेको छ।
सलमानसँग सुमधुर सम्बन्ध नभएकै कारण सो कार्यक्रममा तमाशाको प्रचार गर्न दिपिका पादुकोण एक्लै गएकी छन्। कार्यक्रममा उनले फिल्मको राम्रै प्रचार गरिन्। क्याटरिनाका कारण अहिले दुई जनाको सम्बन्धमा तिक्त्ता आएपनि सलमानले रणविरको पहिलो फिल्म साबरियाँ र अजब प्रेमकी गजब कहानीमा एकसाथ अभिनय गरेका थिए।








