मस्को, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रह गरेका छन्
टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको छ ।
टर्कीले आफ्नो भूभागमा विना अनुमति प्रवेश गरेको भन्दै त्यसको विरोध गरिरहँदा सोमबार मात्र रसियाको उक्त विमान खसालेको बताएको थियो ।
राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रुपमा सो देशमा भ्रमण रद्द गरिएको बताए।
बुधबार रसियाली एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा राष्ट्रपति पुटिनले सो धारणा राखेका हुन्








