सत्ता साझेदार दलका शीर्ष नेता छलफल

uml-oli-624x416काठमाडौँ, सत्ता साझेदार दलका शीर्ष नेताका वीचमा तराई मधेसमा जारी आन्दोलनले उत्पन्न गरेको समस्या र संविधान संशोधन कसरी गर्नेलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको सो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार सहभागीता रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिएको जानकारी अनुसार उनस्हरुका वीचमा ईन्धन आपूर्तीका बारेमा पनि छलफल भएको थियो ।

सो अवसरमा एनेकपा माओवादीका अध्यक्ष दाहालले तराई मधेसको समस्या समाधान गर्न आफूले मङ्गलबार आन्दोलनर पक्षसँग भएको छलफलका विषयमा प्रधानमन्त्री ओली तथा उपप्रधानमन्त्री गच्छदारलाई जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षकहरु