एजेन्सी, बलिउड नायक सलमान खानले राखी बाँध्दै आएकी बहिनि श्वेता र बलिउड अभिनेता पुलकित सम्राट बीचको वैवाहिक सम्बन्ध एक वर्षमै टुटेको छ ।
गत साल बिहे हुँदा सलमानले श्वेतालाई कन्यादानसमेत दिएका थिए ।श्वेताले पुलकितसँग सम्बन्ध तोडिएको जानकारी गराएकी हुन् ।उनले भनिन्,‘म र मेरो पति छुट्टिने भएका छौं । पुलकितले मलाई आफ्नो परिवारको लागि तिमीसँग छुट्टिन्छु भने ।
उनले परिवार नै महत्वपूर्ण भनेपछि उनले चाहेको मैले दिएँ । उनले आफ्नो परिवारको लागि मलाई छोडेका हुन् ।’पुलकित र श्वेताको भेट हुँदा पुलकितका कुनै फिल्म रिलिज भएका थिएनन् ।भने, श्वेता पत्रकारितामा तालिम लिँदै थिइन् ।
उनको बिहे हुँदा सलमान मात्र होइन आफ्ना साख्य ज्वाईं अतुल अग्निहोत्री पनि पुगेका थिए । उता अग्निहोत्रीसँग बिहे गरेकी सलमानकी बहिनी अर्पिता चाँडै नै आमा बन्दैछिन् ।







