सरकारको दिनगन्ती सुरु भयोः प्रधानमन्त्री ओली

Prime-Minister-KP-Oliकाठमाडौं, प्रधानमन्त्री केपी ओलीले सरकारको दिनगन्ती सुरु भएकाले आफू जनजीविकाका मुद्दामा केन्द्रित हुने बताएका छन् । राजधानीमा  सोमबार एनजिओ फेडरेशन नेपालको ८ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सत्ताको मोह नभएकाले जनजीविकाका मुद्दामा अडिग रहने बताए । मुलुकमा हाल कायम संकट अन्त्यका लागि सरकार क्रियाशिल रहेकाले जनजीवन छिट्टै सहज हुने उनको बिश्वास थियो ।

भूकम्पपछिको पुर्ननिर्माण कार्य इन्धन संकटका कारण अघि बढ्न नसकेको भन्दै उनले इन्धनको जोहो गरेर पीडित जिल्लामा पुर्ननिर्माण कार्य तीव्रताका साथ अघि बढाइने बताए ।

प्रधानमन्त्री ओलीले आन्दोलनरत पक्षलाई हिंसा नभड्काउन आग्रह गरे । मोर्चाका माग सम्बोधनका लागि सरकारले हदैसम्मको लचकता प्रस्तुत गरेको भन्दै उनले मोर्चाले जनजीवन सामान्यकरण गर्न सहयोग गर्नुपर्ने धारणा राखे ।

लोकतान्त्रिक विधीबाट बनेको उत्कृष्ट संविधानमा असन्तुष्टी जनाउँदै हस्तक्षेप नगर्न घुमाउरो शैलीमा भारतलाई आग्रह गरे । नेपालका जनप्रतिनिधीले जनादेश बमोजिम निर्माण गरेको संविधानमा कसैले आपत्ति जनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले आगामी दुइवर्षभित्र मुलुकलाई सुकुम्बासी रहित बनाउने दाबी गरे।

सम्बन्धित शिर्षकहरु