सप्तरी तनावग्रसत, गोली लागि ५ वर्षीया बालिकासहित दुई घाइते

sarlahi-malangwa-lathi-julus-vishwanath-thakur-fbकाठमाडौं, आइतबार विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ । गोली लागेर ५ वर्षका बालिकासहित दुई जना घाइते भएका छन् ।

शनिबार मध्यरातमा राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएपछि सप्तरी तनावग्रस्त छ ।

राजविराजमा आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप भएको छ । दिउँसो आन्दोलनकारीले प्रहरी बिट जलाउनुका साथै भ्यानमा आगो लगाएका थिए ।

साँझपख फेरि झडप भएको छ । झडपका क्रममा प्रहरीले गोली चलाएको छ । गोली लागेर ३० वर्षका दिलिप साह र उनकी ५ वर्षकी छोरी मुस्कान साह घाइते भएका छन् ।

घरको छतमा बसिरहेका दिलिपको टाउकोमा गोली लागेको छ र उनको अवस्था गम्भीर छ । मुस्कानको हातमा गोली लागेको छ ।

सम्बन्धित शिर्षकहरु