देशलाई आत्मनिर्भर बनाउने बाटोमा मेरो ध्यान जान्छः प्रम

gfufh'{g gu/kflnsf–( /fdsf]6df cfOtaf/ ab|Lgf/fo0f wfdsf] lznfGof; tyf gf/fo0f ;T;ªu ejgsf] pb3f6g sfo{qmddf af]Nb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित नेपाल, सुखी र सम्पन्न नेपाली बनाउने अभियानमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

नागार्जुन नगरपालिका–९ रामकोटमा बद्रीनारायण धामको शिलान्यास तथा नारायण सत्सङ्ग भवनको आज उद्घाटन गर्दै उनले भने “त्यसको अगुवाइ सरकारले गर्ने छ, प्रधानमन्त्रीको हैसियतले मैले अगुवाइ गर्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।”

आफूले मुलुकलाई शीघ्र र तीव्र विकासको बाटोमा लैजान चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने “अहिलेको परिस्थितिभित्र रहेर गरिने सबै काम गरिनेछ, देशलाई आत्मनिर्भर र स्वावलम्बन बनाउने बाटोमा मेरो ध्यान केन्द्रित रहेको छ ।

ऋषिमुनि र विद्वान्का सन्तान, प्रकृतिले भरिपूर्ण उर्वर देशका जनता र मुलुक गरिब र पछाडि परेको छ भन्ने कुरा कहीँ कतैबाट पनि मिल्ने र सुहाउने कुरा होइन भन्दै उनले यो अवस्थालाई आफूले छिटोभन्दा छिटो बदल्न चाहेको उल्लेख गरे।

“वाचन शिरोमणि पण्डित नारायण पोखरेल प्रतिष्ठानले असल कामको निम्ति प्रयत्न अघि बढाएको छ, यसमा सधैँ आफ्नो सहयोग र समर्थन रहने छ”–प्रधानमन्त्री ओलीले भने ।

चारधाममध्ये एक धामका रुपमा विकास गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको बद्रीनारायण धामको निमार्णलाई सकेसम्म छिटो पूर्णता दिनुपर्छ भन्दै उनले नारायण सत्सङ्ग भवन चराचर, प्रकृति, मानवजाति र समाजको यावत् पक्षमा गहन चिन्तन, मनन र ज्ञानप्राप्त गर्ने स्थानका रुपमा विकसित हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका प्रमुख संरक्षक एवम् वाचन प्रवीण दीनबन्धु पोखरेलले धार्मिक पर्यटनका नाममा नेपालबाट प्रत्येक वर्ष डेढ लाखभन्दा बढी चारधाम जाने सन्दर्भमा भारतका बद्री र केदारनाथ पुग्ने र उनीहरुले अर्वौं रुपैयाँ धार्मिक पर्यटकका रुपमा खर्च गर्ने गरेकाले त्यसलाई रोक्न तथा स्वदेशी धन स्वदेशमै परिचालन गर्न सकियोस् भनेर मुलुककै पहिलो अध्यात्मिक केन्द्र स्थापना गरिएको जानकारी दिए।

हिमालयको देश नेपालले हिमालबाट ज्ञानको गङ्गा बगाउन सक्ने र अध्यात्मबिनाको राजनीतिले पूर्णता प्राप्त गर्न नसक्ने सन्देश प्रवाह गर्न आवश्यक भएको सो अवसरमा वक्ताले जोड दिए ।

सरकारले उपलब्ध गराएको २२ रोपनी जमिनमा रु २५ करोडको लागतमा उक्त धार्मिकस्थलको निर्माण गर्न लागिएको हो । बद्रीनारायणको ठूलो मन्दिरसहित गणेश, देवी, सूर्य र शिवका मन्दिर त्यहाँ एकैसाथ निर्माण गरिने प्रतिष्ठानले जनाएको छ । ती सबै कार्य चार वर्षभित्र पूरा गरिने लक्ष्य लिइएको छ ।

अध्यात्मको माध्यमबाट समाजमा जागरण पैदा गराएर सामाजिक विकासका लागि काम गर्नुभएका वाचनशिरोमणि नारायणप्रसाद पोखरेलको योगदानको चीरकालसम्म स्मरण र सम्मान होस् भन्ने उद्देश्यले उक्त प्रतिष्ठानले सो धामको निर्माण आरम्भ गरेको जनाएको छ ।

प पोखरेलको भागवत सप्ताह वाचन गरिरहेकै बखत २०६३ सालमा रुपन्देहीको दुधराक्ष गाविसमा हत्या गरिएको थियो । हिन्दूको पावन पर्व हरिबोधनी एकादशीका दिन पारेर उक्त धामको शुभारम्भ गरिएको हो ।

सम्बन्धित शिर्षकहरु