कांग्रेस संसदीय दलको यस्तो निर्णय

g]kfnL sfFu|]; k|jQmf g]kfnL sfFu|]; kbflwsf/L;lxt pkTosfdf pknAw jl/i7 s]Gb|Lo ;b:osf] kf6L{] ;+;bLo bn l;+xb/af/df z'qmaf/ a;]sf] a}7skl5 ;~rf/sdL{;Fu s'/f ub}{ kf6L{ k|jQmf lbn]Gb| a8" . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा पेस भएको संविधान संशोधन विधेयक तत्काल अघि बढाउन दबाब दिने भएको छ ।

कांग्रेस संसदीय दलको आजको बैठकले संविधान संशोधनको विधेयक यथाशीघ्र अघि बढाई तराई–मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न दबाब दिने निर्णय गरेको सांसद भरत खड्काले जानकारी दिए।

कावा सभापति रामचन्द्र पौडेलले शनिबार सत्ता पक्ष र मधेसकेन्द्रित दलसँग भएका वार्ता र छलफलका बारेमा बैठकलाई जानकारी गराउनुभएको उनले बताए ।

तराई–मधेसको आन्दोलनले मुलुकमा भयावह समस्या उत्पन्न भएको भन्दै बैठकले सत्तापक्ष दल र आन्दोलनरत पक्षलाई गम्भीर र लचकताका साथ वार्ता एवम् सहमतिद्वारा समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले शनिबार राति सप्तरीमा दुई आन्दोलनकारी मृत्यु भएको र एम्बुलेन्समा भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै दुवै पक्षलाई संयमित हुन आग्रह गरेको सांसद जगदीशनरसिंह केसीले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु