काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र नेता लोकेन्द्रबहादुर चन्दबीच आज एकता भएको छ ।
कार्यकर्ताको दबाब, एकता महाधिवेशनको भावना एवम् समझदारीलाई स्वीकार्दै अब रहेको अध्यक्ष पदको पदावधिलाई तीन भागमा बराबरी बाँडेर पहिलोमा चन्द, दोस्रोमा राणा र तेस्रोमा डा प्रकाशचन्द्र लोहनीले अध्यक्षता ग्रहण गर्ने सहमतिका साथ एकता भएको हो ।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दुवै नेताहरुले केन्द्रीयस्तरमा भएको टुटफुटले पार्टी तथा कार्यकर्ताको अस्तित्वमा सङ्कट आएकाले पार्टी एकताको खाँचो औँल्याए ।
सो अवसरमा नेता चन्दले भन्नुभयो– “अहिलेसम्म हामी एक अर्कालाई तल पार्ने खेलमा छौँ, जो जिते पनि, हारे पनि पार्टी, कार्यकर्ता हार्छन् त्यसैले अब यो खेल रोक्नुपर्छ ।” मुलुकमा राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रका लागि नेपालीले दुःख कष्ट व्यहोर्न परेकामा चिन्ता व्यक्त गर्दै उनले सरकार र मधेस आन्दोलनकारीबीच वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
पार्टीका अध्यक्ष राणाले यथाशीघ्र बैठक बोलाइ आफूले राजीनामा दिएर सहमति भएअनुसार नेता चन्दलाई अध्यक्षता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


![/fk|kfsf cWoIf kz'klt zDz]/ ha/f / jl/i7 g]tf nf]s]Gb| axfb'/ rGbaLr g]t[Tj x:tfGt/0f ug]{af/] laxLaf/ cfof]hgf ul/Psf] kqsf/ ;Dd]ng . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/11/raprapa-300x200.jpg)






