२२ ट्याङ्कर इन्धन भित्रियो

Petrol-tankerकाँकडभिट्टा,  पूर्वी नाका काँकडभिट्टाबाट २२ ट्याङ्कर इन्धन भित्रिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार आज १० र गएराति १२ ट्याङ्कर भित्रिएको छ । जसमा पेट्रोल चार ट्याङ्कर, डिजेल १६ ट्याङ्कर, मट्टितेल र हवाई इन्धन एक÷एक ट्याङ्कर रहेको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए  ।

सोही अवधिमा भारत र तेस्रो मुलकबाट गरी ९० वटा मालबाहक ट्रकसमेत नेपाल भित्रिएका छन् ।

सम्बन्धित शिर्षकहरु