कात्तिक २८ । एजेन्सी, जापानमा ७ म्याग्न्च्यिूडको भूकम्प गएको छ । भूकम्पको धक्कापछि सुनामिको चेतावनी दिइएको त्यहाँको समाचार संस्थाहरूले जानकारी दिएका छन् ।
जापानको मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान ६ बजेको समयमा दक्षिण पश्चिम सामुन्द्रिक तट भएर भूकम्प गएको बिबिसीले उल्लेख गरेको छ ।
भूकम्पले कुनै मानविय क्षती भने भएको छैन । कागोशिमा तथा नाकानोशिको द्वीपमा एक फिटको सुनामी रेकर्ड भएको त्यहाँको विज्ञान विभागले जनाएको छ ।
सन् २०११ मा शक्तिशाली भूकम्प पछि आएको सुनामीमा परि १८ हजार भन्दा बढी जापानी नागरिकको ज्यान गएको थियो ।








