राष्ट्रसंघका महासचिवद्वारा नाकाबन्दी तत्काल हटाउन आग्रह

bankimonकात्तिक २५। काठमाडौं, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथि लगाईएको नाकाबन्दी तत्काल हटाउन आग्रह गरेका छन् । लामो समसयको नाकाबन्दीले  नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै महासचिव मुनले भूपेरिवेष्ठित मुलुकका रुपमा नेपालले पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन् भएको बताएको उनका प्रवक्ता स्टेफन डुजारिकले बताए ।

न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डुजारिकले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको आपूर्ति ब्यबस्थाको अबरोधले महासचिव वान चिन्तित बनेको बताएका हुन्।  पारवहनमा भइरहेको बाधाले नेपालमा भुकम्प पिडीतको सहयोगार्थ  खटिएका मानवीय सहायता संस्थाहरुको काम प्रभावित भएकोप्रति वानले चिन्ता व्यक्त गरेको डुजारिकले बताए । यसअघि राष्ट्रसंघले मानवीय सहायत कार्यक्रम प्रभावित भएको बारे  चिन्ता व्यक्त गरे पनि पारवहन बारे बोलेको यो पहिलो पटक हो ।

प्रवक्ताले भारतको नाम नलिर्इ नाकाबन्दी तत्काल हटाउन महासचिवले आग्रह गरेको बताए ।

सम्बन्धित शिर्षकहरु