कात्तिक २३ । अमेरिका, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क पुगेका छन् ।
नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसङ्घीय नेपाली नियोगका कर्मचारीहरुले कोइरालालाई जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए । उनले यो समस्यालाई कूटनीतिक पहलमा नै समाधान गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको बताए।
उनले सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने देखिएका छन् भने ।
कोइरालाको सोमबारबाट मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार सुरु हुने र यसपश्चात् राष्ट्रसङ्घका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताए ।


![g]sfsf ;efklt Go"of]{s k|:yfg k"j{ k|wfgdGqL tyf g]sfsf ;efklt ;'zLn sf]O/fnf :jf:Yo pkrf/sf nflu z'qmaf/ ;+o'Qm /fHo cd]l/sfsf] Go"of]s{ k|:yfg ug]{ qmddf lqe'jg cGt/f{li6«o ljdfg:ygdf ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/11/1446808556779_RoS-Ktm-Sushil-2-300x200.jpg)






