नेपालको सीमा क्षेत्रको स्थितिप्रति अमेरिकी दूतावासको यस्तो वक्तव्य

Nepal_Kathmandu_EXT1_944_1काठमाडौँ, संयुक्त राज्य अमेरिकाले नेपाल–भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

यहाँस्थित अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी नेपालीको जनजीवन जोखिममा रहेको र अस्थिरताका कारण मानवीय सङ्कट आउने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको हो ।

वैशाखको भूकम्पका कारण प्रभावित क्षेत्रलगायतमा इन्धन, औषधि र खाद्यपदार्थको गम्भीर अभाव सिर्जना भएको समेत दूतावासले उल्लेख गरेको छ ।

सीमामा देखिएको अस्थिर अवस्थाका कारण अन्तर्राष्ट्रिय समुदायले जोखिमयुक्त समुदायमा महत्वपूर्ण राहत तथा आवास सामग्री पु¥याउन नसकेका, जनजीवन जोखिमपूर्ण अवस्थामा रहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“अमेरिकी सरकार सीमामा देखिएको सङ्कट समाधान गर्न हिउँद सुरु हुनु केही साता अगावै सम्बन्धित पक्षलाई आप्mना प्रयत्न पुनः दोब्बर बनाउन आह्वान गर्दछ”–विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी सरकार नेपाली जनतालाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालीका आकाङ्क्षालाई संविधानले समेट्न अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ ।

नेपाल सरकार, नेपाली जनता आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनःनिर्माणमा जुटेकामा अमेरिकाले उनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

२०७२ कार्तिक १९
अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य

नेपाल–भारत सीमामा बढ्दो क्रममा रहेको अस्थिर अवस्थाप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । यस्तो अवस्थाको परिणामस्वरूप वैशाखको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रहरूमा लगायत इन्धन, औषधि र खाद्य पदार्थको गम्भीर अभाव सिर्जना भएको छ ।

हिउँद सुरु हुन केही साता मात्र बाँकी रहेको यस अवस्थामा अन्तर्रा्ष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरूमा महत्त्वपूर्ण राहत तथा आवास सामग्रीहरू पुर्याउन सकिरहेको छैन । जनजीवन जोखिममा रहेको छ र यस कारण मानवीय सङ्कट आउने हो कि भन्ने हामीलाई चिन्ता छ । यस सङ्कटलाई समाधान गर्नका लागि संलग्न सबैलाई आफ्ना प्रयत्नहरू पुनः दोब्बर बनाउन संयुक्त राज्य अमेरिका आह्वान गर्दछ । सबै नेपालीका आकांक्षाहरूलाई संविधानले समेटोस् भनी सुनिश्चित गर्नका लागि अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नु पर्दछ ।

नेपाली जनता र नेपाल सरकार आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा संयुक्त राज्य अमेरिका उनीहरूलाई सहयोग गर्न तयार रहेको छ ।

सम्बन्धित शिर्षकहरु