सरकारप्रति उपेन्द्र यादवको यस्तो आरोप

Upendra-yadavमहोत्तरी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार वार्ताद्वारा मधेसको मागसम्बोधन गर्न संवेदनशील नभएको बताएका छन् ।

जलेश्वरमा सोमबार आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु अघि संचारकर्मीसँग कुरा गर्दै यादवले सरकार वार्ताद्वारा मधेसको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाएका हुन्।

‘सरकारबाटै आह्वान गरिएको वार्ताको सकारात्मक बनाउन हामीले पहल गरयौं तर, त्यसलाई सरकारले हाम्रो कमजोरी ठानेर सरकारले आन्दोलनलाई मथ्थर गर्ने प्रयास गरेको छ’, उनले भने, ‘यदि सरकार सम्बेदनशील भएको भए वार्ता परिमाणमुखी हुने थियो।’

मोर्चाको स्पष्ट नीति आन्दोलन जारी राख्ने रहेको भन्दै उनले वार्ता र आन्दोलनसँगसँगै लैजाने बताए। विना संघर्ष अधिकार प्राप्ति नहुने भन्दै यादवले जनताको अधिकार प्राप्तिका लागि आन्दोलन अगाडि बढाउनुको विकल्प नरहेको बताए।

‘हामीले कात्तिक १५ गतेको वार्तालाई अन्तिम र परिणाममुखि बनाउन चाहेका थियौं तर सरकारले त्यसलाई विफल तुल्यायो,’ उनले भने,‘वार्ता विफल हुनुमा सरकार मात्र जिम्मेवार छ।’

१५ गतेको वार्ता परिमाणममुखि नभएकै कारण मोर्चाले अर्को वार्ताका तिथि नतोकेको उनको भनाइ थियो।

सरकार मधेसको समस्या सम्बोधन गर्न तयार भएर आउँदा मात्र अर्को वार्ता हुने उनले बताए। लिखित वा मौखिक सम्झौता गरेर नहुने भन्दै उनले संविधान संशोधनबाट मात्र मधेसको माग सम्बोधन हुने बताए।

सम्बन्धित शिर्षकहरु