अस्ट्रेलियामा कन्सर्ट फर नेपाल हुने

काठमाडौँ , बैसाख १२ मा आएको विनासकारी भूकम्पको मारमा परेका भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका पीडितलाई सहयोग गरेर गएको टोली ‘नेपालीज कम्युनिटी अव् वेस्टर्न सिड्नी – NCOWS ’ ले अस्ट्रेलियाका तीन प्रमुख शहर पारामाटा, मेल्बोर्न र एडलाइटमा ‘कन्सर्ट फर नेपाल’ आयोजना हुने बताएको छ । अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको उक्त संगठनले नेपालमा ‘स्कुल प्रोजेक्ट’ चलाएको छ । उक्त कन्सर्टबाट उठेको रकम नेपालका भूकम्पपीडित एकल र घरबारविहीन महिलालाई घर बनाइदिने उद्देश्यले गर्न लागिएको कार्यक्रम संयोजक कविन जोशीले बताए ।

कार्यक्रम संयोजक जोशीका अनुसार ‘कन्सर्ट फर नेपाल’ ३ हप्तासम्म अस्ट्रेलियाका विभिन्न शहरमा हुने छ । २० नोभेम्बरदेखि शुरु हुने उक्त कन्सर्टमा नेपालका सुप्रशिद्ध गायक दीप श्रेष्ठका साथमा अर्का सुप्रशिद्ध गितार वादक अनिल शाहीको ५ सदस्यीय टोली यही नोभेम्बरको ४ तारिखमा अस्ट्रेलिया प्रस्थान गर्दै छन् । सोही कार्यक्रममा युवापस्ताका चर्चित नृत्यांगना एवम् नृत्यप्रशिक्षक वसन्ती के.सी., युवा बाँसुरी बादक विनय महर्जन र सुन्दर महर्जन पनि सोही दिन उक्त कार्यक्रमका लागि रवाना हुने छन् । सो कार्यक्रममा अस्ट्रेलियामै बसोबास गरिरहेका गितारवादक द्वय सन्देश श्रेष्ठ र कुशल जोशीले पनि सहभागिता जनाउने छन् भने गायनमा सादा श्रेष्ठले सघाउने छिन् ।

आयोजकका अनुसार उक्त कार्यक्रममा ४० प्रतिशत दर्शक गैर नेपालीको सहभागिता रहने छ । नेपाली गीतसङ्गीतको प्रवद्र्धनका साथै नेपाली कलासंस्कृतिको विश्वव्यापि प्रचारप्रसार गर्ने र नेपानको प्राकृतिक अनि सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने हेतुले नेपालका पर्यटकीय गन्तव्यहरूको व्यापक प्रचारप्रसार गर्न वृत्तचित्रसमेत देखाइने छ ।अस्ट्रेलियाको राजधानी सिड्नीस्थित सबैभन्दा ठूलो र उत्कृट हलमा नोभेम्बरको २० तारिखमा पहिलो कार्यक्रम हुने छ भने २२ तारिखमा मेल्बोर्न शहरमा र डिसेम्बरको ६ तारिखमा एडलाइट शहरमा अन्तिम कार्यक्रम हुने छ । गायन, नेपाली सांस्कृतिक नृत्य, फ्युजन म्युजिक आदि उक्त कार्यक्रमका प्रमुख आकर्षण हुने छन् ।काठमाडौँ । बैसाख १२, २०७२ मा आएको विनासकारी भूकम्पको मारमा परेका भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका पीडितलाई सहयोग गरेर गएको टोली ‘नेपालीज कम्युनिटी अव् वेस्टर्न सिड्नी – NCOWS ’ ले अस्ट्रेलियाका तीन प्रमुख शहर पारामाटा, मेल्बोर्न र एडलाइटमा ‘कन्सर्ट फर नेपाल’ आयोजना हुने बताएको छ । अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको उक्त संगठनले नेपालमा ‘स्कुल प्रोजेक्ट’ चलाइआएको छ । उक्त कन्सर्टबाट उठेको रकम नेपालका भूकम्पपीडित एकल र घरबारविहीन महिलालाई घर बनाइदिने उद्देश्यले गर्न लागिएको कार्यक्रम संयोजक कविन जोशीले बताए ।

कार्यक्रम संयोजक जोशीका अनुसार ‘कन्सर्ट फर नेपाल’ ३ हप्तासम्म अस्ट्रेलियाका विभिन्न शहरमा हुने छ । २० नोभेम्बरदेखि शुरु हुने उक्त कन्सर्टमा नेपालका सुप्रशिद्ध गायक दीप श्रेष्ठका साथमा अर्का सुप्रशिद्ध गितार वादक अनिल शाहीको ५ सदस्यीय टोली यही नोभेम्बरको ४ तारिखमा अस्ट्रेलिया प्रस्थान गर्दै छन् । सोही कार्यक्रममा युवापस्ताका चर्चित नृत्यांगना एवम् नृत्यप्रशिक्षक वसन्ती के.सी., युवा बाँसुरी बादक विनय महर्जन र सुन्दर महर्जन पनि सोही दिन उक्त कार्यक्रमका लागि रवाना हुने छन् । सो कार्यक्रममा अस्ट्रेलियामै बसोबास गरिरहेका गितारवादक द्वय सन्देश श्रेष्ठ र कुशल जोशीले पनि सहभागिता जनाउने छन् भने गायनमा सादा श्रेष्ठले सघाउने छिन् ।

आयोजकका अनुसार उक्त कार्यक्रममा ४० प्रतिशत दर्शक गैर नेपालीको सहभागिता रहने छ । नेपाली गीतसङ्गीतको प्रवद्र्धनका साथै नेपाली कलासंस्कृतिको विश्वव्यापि प्रचारप्रसार गर्ने र नेपानको प्राकृतिक अनि सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने हेतुले नेपालका पर्यटकीय गन्तव्यहरूको व्यापक प्रचारप्रसार गर्न वृत्तचित्रसमेत देखाइने छ ।अस्ट्रेलियाको राजधानी सिड्नीस्थित सबैभन्दा ठूलो र उत्कृट हलमा नोभेम्बरको २० तारिखमा पहिलो कार्यक्रम हुने छ भने २२ तारिखमा मेल्बोर्न शहरमा र डिसेम्बरको ६ तारिखमा एडलाइट शहरमा अन्तिम कार्यक्रम हुने छ । गायन, नेपाली सांस्कृतिक नृत्य, फ्युजन म्युजिक आदि उक्त कार्यक्रमका प्रमुख आकर्षण हुने छन् ।

सम्बन्धित शिर्षकहरु