नवलपरासी, नवलपरासीमा पुर्व गृहमन्त्री देवेन्न्द्रराज कंडेललाई गोलि हान्ने प्रयास बिफल भएको छ ।
दिउसो साढे एक बजे उनको गृहनगर नजिकै दुई भारतिय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोलि हान्ने प्रयास गरेका थिए ।
नवलपरासीका प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यायका अनुसार बडहरा दुबौलिया गाबिसमा कार्यकर्तासंग बसीरहेको अबस्थामा भारतिय मोटरसाइकलमा आएका दुइजनाले एक्कासी पेस्तोल निकाल्दै गर्दा कंडेलका अंग रक्षकले उनीहरुलाई ढालेका थिए ।
पेस्तोल सहित भारतिय नागरीक दुइजना पक्राउ परेका छन् । भारतीय नागरीक उज्जल गर्तौला र जोगेन्द्र पासवान पेश्तोल सहित पक्राउ परेका छन् ।
भारतिय सूटरहरुले कस्को योजनामा उनलाई हान्ने प्रयास गरेका हुन भन्ने खुलेको छैन । उनिहरु चढेर आएको भारतिय नम्वरको मोटरसाइकल स्थानियले आगो लगाइ दिएका छन् ।








