सरकार सञ्चालननबारे महराको यस्तो प्रतिक्रिया महरा

Krishna-Bahadur-Maharaबनेपा, एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले भारतको अघोषित नाकाबन्दी, मधेस आन्दोलन र नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने निर्णय वर्तमान सरकारका लागि ठूलो चुनौती भएको बताएका छन् ।

एनेकपा माओवादी जिल्ला कमिटी काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणमा उनले यी तीन चुनौती त्यति सहज छैनन् त्यसैले सरकार सञ्चालनको विषय सजिलो छैन भने।

महासचिव महराले एमाओवादी नेतालाई लगाएको राजनीतिक मुद्दा फिर्ता लिने शर्तमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा सर्मथन गरिएको उल्लेख गरे। उनले सहिद परिवारलाई रु १० लाख दिनेलगायतका १४ बुँदे लिखित सहमति भएकाले ओली नेतृत्वको सरकार सम्भव भएको हो भने।

अझै पनि अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतृत्वको टाउकोमा विभिन्न प्रकारका मुद्दा छन् त्यसलाई खारेज गर्न जरुरी छ महासचिव महराले भने ।

मुलुकमा नयाँ संविधान जारी नभएको भए हामी फेरि पनि जेलमा हुन्थ्यौ्र वा आतङ्ककारी तथा अपराधीको कोटीमा हुनसक्थ्र्यौ त्यसैले संविधान जारी भएर ठूलो राजनीतिक फाइदा भएको महराको भनाइ छ ।

जनयुद्धले उठाएको मुद्दा राजनीतिकरुपमा संविधानले पुष्टि गरेको उल्लेख गर्दै महराले माओवादी आन्दोलनको एजेन्डाको जगमा संविधान जारी भएको हो भने।

उनले नेकपा एमालेसँगको एकता विल्कुल गलत भएको टिप्पणी गर्दै पहिलो प्राथमिकता छरिएर रहेका माओवादीलाई एकीकृत गर्नुभएको स्पष्ट पारे।

राष्ट्रिय स्वाधीनताका लागि नेकपा एमालेसँगको सहकार्य र संयुक्त मोर्चा हुनेमा जोड दिँदै उनले स्वाधीनताको लडाइँ पेचिलो हुँदै गएको तर्क गरे।

जबसम्म नेकपा एमालेले राष्ट्रिय स्वाधीनताको लडाइँमा साथ दिन्छ त्यतिबेलासम्म यो गठबन्धन रहन्छ महासचिव महराले भने।

सम्बन्धित शिर्षकहरु