राष्ट्रपतिमा तीन जनाको उम्मेदवारी, सबैको जित्ने दाबी

/fi6«kltdf dxh{gsf] pDd]bjf/L btf{ ;ª3Lo nf]stflGqs u0ftGq g]kfnsf] bf];|f] /fi6«klt kbdf cfkmgf] pDd]bjf/L Joj:yflksf–;+;b ;lrjfno, lgjf{rg clws[tsf] sfof{nodf btf{ ug'{x'Fb} g]kfn dhb'/ ls;fg kf6L{sf s]Gb|Lo ;b:o gf/fo0f dxh{g . pxfFsf] k|:tfjsdf k|]d ;'jfn / ;dy{sdf l8NNfLk|;fb sfˆn] /xg'ePsf] 5 . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ,  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिएका छन् ।

मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिएका हुन्।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा उनीहरुले आज उमेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिएकी भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त भयो । उनले भनिन्, “मलाई जुन विश्वासका साथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास म गर्नेछु ।”

नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावनाअनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीले बताइन्।

राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरुले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उनले दलहरुबीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिनु नहुने धारणा राखे ।

“हामी सङ्क्रमणकालमै छौँ, हाम्रा सामु थुप्रै चुनौती छन्, त्यसैले राष्ट्रपति चयनका लागि सकेसम्म मिलेर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो धारणा रहेको छ,” उनले भनिन्। आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबारसम्ममा संसद्मा रहेका सबै दलको समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरिन।

नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उनको भनाइ थियो ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेता गुरुङले काँग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए । “जित हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ, जित हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ, निर्वाचन लड्ने जित्छु भनेर नै हो”– उनले भने।

काँग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उनले आफू व्यक्तिगत रुपमा नभई काँग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताए । व्यवस्थापिका–संसद्मा काँग्रेस जस्तै अरु पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरुबाट आफूले समर्थन प्राप्त गर्ने उनको भनाइ थियो । सहमतिको प्रयास अझै भइरहेकाले बुधबार मतदान गर्ने बेलासम्ममा सहमति हुन सक्ने उनले बताए ।

त्यसैगरी नेमकिपाका तर्फबाट उम्मेदवार बन्नुभएका महर्जनले संवैधानिक व्यवस्था र आफ्नो पार्टीले संसद्मार्फत खेलेको भूमिकालाई विचार पु¥याएर अरु राजनीतिक दलले आफ्नो उमेदवारीलाई सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु