एनआरएनको सातौं विश्व सम्मेलन पुनर्निर्माणमा केन्द्रित

u}/cfjf;Lo g]kfnL ;ª3 -Pgcf/PgP_sf] ;ftfF} cGt/f{li6«o ;fwf/0f;ef tyf ljZj ;Dd]ngsf] pb3f6g sfo{qmddf /fi6«klt 8f /fdj/0f ofbjnufot ;xefuLx? ;fd"lxs?kdf . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं विश्व सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । ‘एनआरएन राष्ट्र पुनः निर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले आर्मी अफिसर्स क्लबमा शुक्रबार उदघाटन गरेका हुन् ।

सम्मेलनमा ७१ देशका १५ सयभन्दा बढी गैरआवासीय नेपालीका प्रतिनिधिहरु सहभागी छन् । भूकम्पले नेपालमा पुर्‍याएको क्षति र पुनर्निर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीताबारे सम्मेलन केन्द्रित हुनेछ ।

एनआरएनको अध्यक्षमा शेष घले निर्वाचित भएका छन् । उनले अब आफ्नो ध्यान नेपालको पुनर्निर्माणमा केन्द्रित हुने बताएका छन्् ।  सरकार र एनआरएनबीच हालै भूकम्पबाट अति प्रभावित पाँच जिल्लामा २ वर्षभित्र एक हजार घर बनाउने सम्झौता भएको छ । एनआरएन विश्व सम्मेलन पनि नेपालको पुनःनिर्माण र लगानी भित्र्याउने विषयमा ज्यादा केन्द्रित हुने सहभागीहरुले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु