हल्ला गरेर नाकावन्दी खुल्दैनः नेता भट्टराई

Baburam-bhattaraiपोखरा,  पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसी, थारु, मगरलगायतका जनजातिले उठाएका माग संविधान संशोधनबाट पूरा गरी भारतले लगाएको नाकाबन्दी कूटनीतिक पहलबाट खुलाएर आपूर्ति सहज बनाउनुपर्नेमा जोड दिएका छन ।

संवाद नेपाल पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भारतले बेला बेलामा नेपाललाई दुःख दिने गरेकाले हामी पनि भारतसँगको परनिर्भरतालाई कम गर्दै आत्मनिर्भरतातर्पm लाग्न आर्थिक समृद्धि र विकासतिर लाग्नुपर्ने बताए ।

आफूले दुई वर्ष अघिदेखि नै नयाँ युग सुरु भएपछि नयाँ शक्तिको खाँचो पर्ने महसुस गर्दै आएको विचार व्यक्त गर्दै उहाँले पुरानै ढर्राको एकीकृत नेकपा माओवादीले नयाँ संविधानपछिको नयाँ नेपाल बनाउन नसक्ने सोचाई राखेर नै नयां शक्ति निर्माण सुरु गर्न पार्टी परित्याग गरेको स्पष्ट पारे ।

संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक र युगान्तकारी काम हो भन्दै उनले तर सबैको आकांक्षा सम्बोधन गर्न नसकिएर संविधान अपूर्ण भएकाले संशोधनबाट असन्तुष्ट दलका मागलाई पुरा गर्नेतर्फ लाग्नुपर्ने धारणा राखे।

सम्बन्धित शिर्षकहरु