तेल लिएर युवा भारतीय दूतावास किन पुगे?

lendaiव्यंग्यात्मक रुपमा भारतीय दुतावासलाई पेट्रोलियम पदार्थ दान गर्न युवाहरु लैनचौर स्थित भारतीय दुतावास पुगेका छन्।

सामाजिक सञ्जाल ट्वीटर फेसबुकमा सक्रिय युवाहरुको अगुवाइमा उनीहरु विरोध जनाउन दुतावास पुगेका हुन्। करिब दुई सातादेखि भारतले गरिरहेको अघोषित नाकाबन्दीको विरोधमा उनीहरु दुतावास पुगेका छन्।

दुतावासको प्राङ्गणमा पुगेका प्रदर्शनकारीहरुले भारतीय दुतावासलाई व्यंग्य गर्दै एक एक बोतल तेल उपहार दिएका छन्। उनीहरुले तेल चाहिन्छ लैजाउ तर स्वभिमान दिँदैनौँ भन्ने नारा प्रयोग गरेका थिए ।

भारतीय दुतावासले अत्यावश्यक पेट्रोलियम पदार्थ अभाव भएको भन्दै नेपाल आयल निगमसँग तेल माग गरेको थियो । भारतीय दुतावासलाई तेल दान गर्ने सन्दर्भमा ट्वीटरमा डोनेट आयल टु इन्डियन एम्बेसी एक नम्बरमा ट्रेन्डिङ भइरहेको छ।

सम्बन्धित शिर्षकहरु