‘यसकारणमन्त्रीबाट राजीनामा दिएँ’

PURUSHOTTAM-PAUDEL-MINISTEकाठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसका आधारमा बिहीबार युवा तथा खेलकुदमन्त्रीबाट प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा दिएका पुरुषोत्तम पौडेलले आफूले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा गरेको नियुक्ति कानुनसम्मत भएको जिकिर गरेका छन्।

आज सार्वजनिक उनको राजीनामा पत्रमा सोबारे आफूले यही असोज ३ गतेको मन्त्रिपरिषदको बैठकमा स्पष्ट पारेको जनाउँदै खेलकुद विकास ऐन, २०४८ को दफा ३ (३) बमोजिम परिषद्का सदस्य मध्येबाट सदस्यसचिव पदमा नियुक्त गर्ने कानुनी व्यवस्था अनुरुप परिषद्का सदस्य केशवकुमार विष्टलाई सदस्यसचिव पदमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

सो नियुक्ति ऐनले अयोग्य नभनेको अवस्थामा सरकारमा कसलाई मन्त्री बनाउने वा कसलाई हटाउने वा कुनै पदमा आयोगले चाहेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने, नगरेमा पूर्वाग्रही भई गैरकानुनी रुपमा कारबाही गर्न आदेश दिने जस्तो समानान्तर सरकारको अभ्यास गर्ने अधिकार आयोगलाई विद्यमान नेपालको संविधानले नदिएको तर्क पनि पौडेलको छ ।

नेकपा एमालेका नेता पौडेलले आफ्ना अडान र दृष्टिकोणमा अडिग रहेपनि प्रधानमन्त्रीको आग्रहपछि राजीनामा दिएको जनाएका छन्।

सम्बन्धित शिर्षकहरु