मधेसी मोर्चासँग वार्ता आज पनि

 

;/sf/ / df]rf{aLr jftf{   t/fO{ dw]z nf]stflGqs kf6L{sf] s]Gb|Lo sfof{nodf cfGbf]n/t ;+o'Qm nf]stflGqs dw]zL df]rf{ / ;/sf/L jftf{ 6f]nLaLr jftf{ x'Fb} . tl:a/M /f]zg ;fksf]6f,/f;;

असोज १५ । काठमाडौँ,  बिहीबार तमलोपा कार्यालयमा तीन दलको वार्ता टोली र मधेशी मोर्चाका महन्थ ठाकुर विच भएको छलफलमा तराई मधेसलाई मात्र राखी दुई प्रदेश नवनाएसम्म नाकावन्दी नखुल्ने अडान  महन्थ ठाकुरले राखेका छन् ।

वार्ताको वातावरण वनाउन सेना फिर्ता गरिसकेको , गिरफ्तारमा परेकालाई रिहा गरिएको, मृतकहरुलाई १०लाख दिने निर्णय भैसकेको, घाइतेको उपचार सरकारले गर्ने निर्णय भैसकेकोले अब मधेसी मोर्चाले पनि प्रमुख नाकामा नेपालतर्फवाट गरिएको नाकावन्दी कार्यक्रम फिर्ता लिन मन्त्री महेश आचार्यले आग्रह राख्दा मधेसी मोर्चाको तर्फवाट महन्थ ठाकुरले अस्वीकार गरेको वार्ता टोलीका सदस्यले जानकारी दिए।

मधेसी दलहरुका अरु मागहरुमा सरकार लचिलो भएपनि सीमांकनका विषयमा भने मधेशमा तराईका जिल्लाहरु मात्र राखेर दुई प्रदेश वनाउन पर्ने माग आफुहरुको बटमलाइन भएको महन्थ ठाकुरले वताएपछि वार्तामा गतिरोध उत्पन्न भएको श्रोतको भनाइ छ ।

कंचनपुर देखि नवलपरासीको पश्चिम मधेश प्रदेश वनाउनु पर्ने र पर्सा देखि झापा सम्मको पूर्वी मधेश प्रदेश वनाउनु पर्ने मागलाई मधेशी मोर्चाको बटमलाइन वनाएको घोषणा वार्ताको टेवलमा गरेपछि आजको वार्तामा पुनः यो विषयमा छलफल हुने वताइएको छ ।

अब फेरी सीमांकनमा आएर कुरा अड्केको हुनाले छिटै नाकावन्दी हट्ने सम्भावना कम हुन सक्ने समाचार श्रोतले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षकहरु