व्यवस्थापिका–संसद्को अधिवेशन आजबाट

sambidhan-sabhaअसोज १५ । काठमाडौँ, व्यवस्थापिका–संसद्को अधिवेशन आजबाट सुरु हुने भएको छ । संविधानसभाले संविधान बनाइसकेपछि व्यवस्थापिका–संसद्मा रूपान्तरण भएको संसद्को पहिलो बैठक शुक्रबार १ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रपति डा रामवरण यादवले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

संसद्को यो अधिवेशनले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको चयन गर्नेछ । नयाँ संविधानको व्यवस्थाअनुसारका संघीय संरचनाहरू निर्माण भइनसकेकाले रूपान्तरित संसद्ले नै संघीय व्यवस्थापिकाको समेत जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा १९६ अनुसार संविधानसभाबाट संविधान घोषणा भएपछि स्वतस् व्यस्थापिका–संसद्मा रूपान्तरण हुने र त्यसको कार्यकाल ०७४ माघ ७ गतेसम्म कायम हुनेछ । यसअघि व्यवस्थापिका–संसद्को हैसियतमा संविधानसभाले गर्दै आएका काम र प्रक्रियामा रहेका विधेयकहरू स्वतस् संसद्मा आउने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित शिर्षकहरु