‘छोराको याद’

महेश्वर शर्मा
सिड्नी अस्ट्रेलिया

बन भरि लालिगुराँश

मन भरि लालिगुराँश मुस्कुराँउदा
बषन्त नयाँ पालुवा फेर्छ
कोईली मुनाल र डाँफे चरि आफ्नै पनमा नाच्दा
हरेक साँझ घर छेउको पैवामा
झ्याउँकिरीले सँगित भर्छ
उत्तरका ति सेता हिमाल टल्किरहन्छन
उहि यादमा सेतै फुलेकि आमा छोरालाई
पर्खिरहन्छिन र बाटो हेरिरहन्छिन।
कैयन बषन्त गए धेरै पालुवा फेरिए
घर छेउको पौवा पुरानो भै लड्यो
झ्याउँकिरीहरु खै आज हराएछन
कोईली मुनाल र डाँफे चरि नाच्नै छाडे
तर छोराको याद कहिल्लै मेटिएन
छोरो आउँछ पक्कै आउछ भन्दै बाटो हेरिरहन्छिन
सानो छँदा हल्लाएको झोलुङग्गो
आज पुरानो अनि थेत्रो भयो
तर छोरो कहिल्लै पुरानो अनि थेत्रो भएन
उ बोल्नेछ मलाई बोलाउनेछ,
आमा भन्नेछ फगत याद याद मात्र हुँदारहेछन
गहभरि आँसु बनाई बाटो हेरिरहन्छिन
आशिष दिँदै भन्छिन
तिमी हिमाल बनेर आउनु,
दुःखिको मलम बनेर आउनु,
देश बनाउने बहादुर बनेर आउनु,
आशिष सँधै भरि असल छोरो बनेर आउनु,
ईमान्दार बनेर आउनु,
नेपाल आमा बाटो हेरिरहन्छिन।

सम्बन्धित शिर्षकहरु