रौतहट । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसंग वार्ता र आन्दोलन सँगसँगै लैजाने निर्णय गरेको छ ।
मोर्चाले गैरमा बसेको बैठकले औपचारिक वार्ताका लागि सरकारसंग यस अघि भएका ८ र २२ बुँदे सहमति कार्यान्वयनको राजनीतिक प्रतिवद्धता जनाउन आग्रहगर्दै वार्ताको लागी आफुहरु तयार रहेको बताएका हुन् ।
तीन दलसँग भएको अनौपचारिक वार्ताको सकरात्मक हुदै गएको मोर्चाले सरकारले वार्ताको वातावरण छिट्टै बनाउन आग्रह गरेको छ ।








