आजबाट देशभर हिन्दी च्यानल प्रसारण बन्द

hindi_mega_pack_dish_10_15असोज १२ । काठमाडौँ, केबल टेलिभिजन संचालकहरुले आजदेखि देशभर हिन्दी च्यानल प्रसारण बन्द गर्ने भएका छन् । भारतको अघोषित नाकाबन्दीको विरोधमा नेपाल केबल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसोसिएसनले आज विहान १० बजेबाट हिन्दी च्यानल प्रसारणमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले गरेको अघोषित नाकाबन्दी नेपालको राष्ट्रिय स्वाधीनतामाथिको गम्भिर हस्तक्षेप भएको केबल टेलिभिजन संचालकको ठहर छ । विहान १० बजेबाट अनिश्चितकालका लागि हिन्दी च्यानल प्रसारण बन्द गर्न लागेको नेपाल केबल टेलिभिजन संघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु