तीनदलद्वारा वार्ताका लागि समिति गठन

pm-niwas-baluwatarअसोज ११ । काठमाडौँ, नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय एक समिति गठन गरेका छन् ।

सो समितिमा नेपाली काँग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा माओवादीका एक प्रतिनिधिको भने नाम आउन बाँकी रहेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेका, एमाले र एनेकपा माओवादीका शीर्ष नेता सहभागी बैठकले सो समिति गठन गरेको हो ।

बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिए। उनले भने, “तराई मधेसका माग के हो रु समस्या के हो रु बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।”

सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएको जवाफ दिए ।

नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिए। उहाँले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त गरे ।

बैठकमा नेकाका सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको बैठकमा सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षकहरु