एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरे

baburam-bhattaraifकाठमाडौँ, एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन । राजधानीमा शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले पार्टी परित्याग गरेको बताएका छन ।

नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै उनले अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा व्यक्त गरेको बताएका छन । ‘भत्केको घरमा जीन्दगीभर फर्कन्नँ ’ उनले पत्रकार सम्मेलनमा भने ‘तत्काल नयाँ पार्टी पनि खोल्दिन । सल्लाह गरेर अगाडि बढ्छु ।’

उनले आजको मितिदेखि सांसद पनि नरहेको बताए । तर उनले संसद सचिवालयमा राजीनामा भने बुझाएका छैनन । संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाएका भट्टराई संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आएका थिए ।

सम्बन्धित शिर्षकहरु