भैरहवामा बम पड्कियो

rupandehi_districtअसोज  ८। रुपन्देही, रूपन्देहीको सदरमुकाम भैरहवाको उत्तरी क्षेत्र पडसरी आसपासमा बिहीबार राती करिब साढे दशबजे बम बिष्फोट भएको समाचार प्राप्त भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बमको अवाज करिब २ किलोमिटर टाढासम्म सुनिएकोले शक्तिशाली बम हुनसक्ने बताए। उनले घटनास्थलमा प्रहरी खटाइएको तर राती एघार बजेसम्म यथार्थ विवरण आइनसकेको बताए।

घटनास्थलमा प्रहरी नायव उपरीक्षकसहितको टोली परिचालन गरिएको ढकालले बताए। बिष्फोटपछि अवेरसम्म कतैबाट क्षतिबारे जानकारी नआएको हुनाले कुनै खुल्ला ठाउँमा बम बिष्फोट गराइएको हुनसक्ने उनले बताए।

सम्बन्धित शिर्षकहरु