दाङ, गत भदौ १८ गते उपचारका क्रममा अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति दाङका चन्द्रबहादुर डाँगीको शव अझै नेपाल ल्याउन नसकिएको उनको परिवारले जनाएको छ ।
अमेरिकामा बसिरहेका नेपाली योगेन्द्र क्षेत्रीले डाँगीको शव र उनीसँगै अमेरिका
गएका भतिज दोलखलाई नेपाल पठाउन पहल गरिरहेको बताइएको छ ।
सर्कस देखाउने भतिज दोलखसँगै अमेरिका गएका डाँगीको अचानक बिरामी भएपछि उपचारको क्रममा निधन भएको हो ।
अमेरिका बसेका नेपालीको सहयोगमा सर्कस कम्पनीका व्यक्तिसँग छलफल गरेर केही रकम सहयोग लिने सहमति गरेको दोलखले दाङका सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत केही दिनअघि जानकारी पनि गराएका थिए ।
फिर्ती प्रक्रिया लामो र यात्रु बोक्ने विमानले शव बोक्न नमानेका कारण समस्या आएको बताइएको छ ।








