असोज ७ ।काठमाडौँ, मधेसमा आगो सल्किएको बेला कसरी चैनले निदाउन सकिन्छ भन्दै एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई आज ( बिहीबार) जनकपुर जाँदै छन् । उनी तराई आन्दोलनको बस्तुस्थिति बुझ्न र त्यहाँको जनताको भावनाको कदर गर्नका लागि जान लागेको भट्टराई निकटस्थ स्रोतले जानकारी दियो ।
त्यसो त उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा तराई–मधेसमा आन्दोलन चुलिएको बेला काठमाडौँ चैनले निदाउन नहुने आसयको स्ट्याटस लेखेका थिए । मधेस आन्दोलनको सम्बोधन नगरी संविधान घोषणा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका भट्टराई अचानक जनकपुर जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनले सामाजक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बल्ल बोल्यो काठमाण्डौ ! धन्यवाद नागरिक अगुवाहरू, थारु (मधेसी) जनजाति लगायतका आन्दोलनकारीहरुका माग सम्बोधन गरेर देशको भौगोलिक अखण्डता र दिगो शान्ति कायम गर्न राज्यपक्षलाई घच्घच्याएकोमा! कवि भूपी शेरचनले ‘को सक्छ सुत्न खरवारीमा डँढेलो लागेको वेला?’ भने झैं देशको आधा जनसंख्या वसोवास गर्ने तराई (मधेसमा आगो लागिरहेको वेला हिमाल( पहाडमा बस्नेहरू कसरी चैनले सुत्न सकिन्छ?
अब काठमाडौँले बोलेर मात्र पुग्दैन तराई (मधेस पुगेर ऐक्यवद्धता जनाउनुपर्छ ! म त अब जाँदैछु ! तपाईं पनि जाने कि?’
उनले बुधबार नागरिक अगुवा दमननाथ ढुंगाना पध्मरत्न तुलाधर लगायतले तराईका माग समेट्न सरकारलाई झक्झक्याएको भन्दै खुसी प्रकट गरेका हुन् ।


![cfkmg} lgjf;df laxLaf/ kqsf/;Fu s'/f ub}{ lgjt{dfg k|wfgdGqL Pj+ Pdfcf]jfbL pkfWoIf 8f= afa'/fd e66/fO{ . kf]i6 kmf]6f]M >Lw/ kf}8]n÷sflGtk'/](http://ausnepalnews.com/wp-content/uploads/2015/09/baburam-bhattarai-press-meet_20130724084141-221x300.jpg)






