टोकियो, ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न अन्तार्राष्ट्रिय साहित्य सम्मेलन समापन भएको छ । जापानको टोकियोमा आयोजिक साहित्य सम्मेलनमा भाग लिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक खगेन्द्रप्रसाद लुइटेल, अनेसासका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, उपाध्यक्ष भीमसेन सापकोटा, सुमलकुमार गुरूङ, राधेश्याम लेकाली, प्रकाश पौडेल लगायत अतिथिहरू पुगेका थिए ।
कार्यक्रमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणका लागि पुर्याउनु पर्ने योगदानका विषयमा छलफल भएको थियो । त्यस्तै डायस्पोरिक साहित्यीक अभियानलाई मुर्तता प्रदान गर्न खेल्नुपर्ने भूमिकाका सन्दर्भमा पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।
यसैगरी साहित्यकार एवम् पत्रकार भीमसेन सापकोटाको वाकपटुता र उद्घोषण कलाले कार्यक्रममा अतिथि देखि सहभागी सम्मलाई मन्त्रमुग्ध नबनाइरहन सकेन । दुई दिनसम्म चलेको सो सम्मेलन नेपाली साहित्यी क्षेत्रको उत्थान र विकासका लागि कोसेढुंगा भएको सहभागिहरूले बताएका छन् ।








