वार्तामा नबस्ने ठाकुरको अडान

Mahata-Thakur-Sushil-Koirala1असोज ५ । काठमाडौँ, मधेस आन्दोलनबारे छलफल गर्न तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई तमलोपा अध्यक्ष महन्थ ठाकुरले वार्तामा नबस्ने भन्दै फर्काइदिएका छन् ।

प्रधानमन्त्री कोइराला मंगलबार विहान वनमन्त्री महेश आचार्य र कांग्रेस नेता आनन्दप्रसाद ढुंगानासहित बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय पुगेका थिए । प्रधानमन्त्रीले तमलोपा अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयस त्रिपाठीसँग वार्ता गरेका थिए ।

ठाकुर निकट स्रोतका अुनसार प्रधानमन्त्री कोइरालाले वार्ताबाट समस्या सुल्झाउन र आवश्यक परे संविधान संशोधन गर्न समेत आफू तयार रहेको भन्दै वार्ताको लागि आग्रह गरेका थिए ।

छलफलका क्रममा ठाकुरले वार्ताको परिस्थिति तीन दल र सरकारले बिगारिसकेको भन्दै अब मोर्चालाई पछाडि फर्कन अप्ठेरो परेको जबाफ दिएका थिए । ठाकुरले संविधान जारी गरेपछि मधेसमा झन् हिंसा बढ्दै गएको भन्दै प्रधानमन्त्रीसँग गुनासो समेत गरे ।

उनले मधेसी मोर्चाका अन्य दलसँग छलफल गरेपछि मात्रै वार्ता गर्ने वा नगर्ने विषयमा जवाफ दिनसक्ने बताएका थिए । यसैबीच आन्दोलनको कार्यक्रम तय गर्नको लागि फोरम लोकतान्त्रिक नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक फोरम कार्यालय सानेपामा बसिरहेको बुझिएको छ ।

सम्बन्धित शिर्षकहरु