मेस्सीको दुई गोलसँगै बार्सा शीर्षमा

messi1-430x316एजेन्सी । स्पानिस ला लिगामा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई ४–१ ले हराउदै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको हो ।

लेभान्टेले पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको बार्सिलोनाका लागि ५० औं मिनेटमा मार्क बार्टाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ५६ औं मिनेटमा नेइमारले गोल गर्दै अग्रता दोब्बर पारे ।

बार्सिलोनाको जितमा लियानल मेस्सीले दुई गोल गरे । ६१ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा र्पुयाए । लेभान्टेका कासाडुसस कास्टानोले ६६ औं मिनेटमा एक गोल फर्काए ।

९० औं मिनेटमा पाएको पेनल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरी बार्सिलोनालाई ४–१ को जित दिलाए । जितपछि शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाको चार खेलबाट १२ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको समान चार खेलबाट १० अंक छ ।

सम्बन्धित शिर्षकहरु